रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड

काठमाडौं, २३ कात्तिक । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले एकअर्कालाई भाइटीका लगाएका छन् ।

आफना दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा गएर टीका लगाउने भएकाले मन्दिर परिसरमा भीड लागेको छ ।

हरेक वर्ष भाइटीकाको दिनमा मात्रै खुल्ने काठमाडौंको रानीपोखरीको बीचमा रहेको यमलेश्वर बालगोपाल मन्दिर पनि खुला भएको छ । भाइटीकाको दिनमा दाजुभाई नहुने दिदी बहिनी र दिदी बहिनी नहुने दाजुभाई टिका थाप्न आउने हँुदा बिहानैदेखि मन्दिर खुला गरिएको हो ।

राजा प्रताप मल्लले बनाएको यो मन्दिर आज दिनभर नै खुला रहनेछ । आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा प्रताप मल्लले शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले बि.स १७२७ मा उक्त पोखरी निर्माण गरेका थिए ।

पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए । गोरखा भूकम्पका कारण मन्दिर क्षतिग्रस्त भएपछि मन्दिर परिसर बाहिर नै भाइटीका लगाइए छ ।

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनर्निर्माण हुने विषय अझै अन्यौलमा रहेको छ । भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै भाइ टिका लगाउने व्यवस्था गरिएको हो ।

काठमाडौंको मुटुमा रहेको रानी पोखरी ६२ रोपनी क्षेत्रफलमा फैलिएको छ । अहिले रानीपोखरी पानी सुकेको खेत जस्तो उजाड देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);