पूर्वराजा ज्ञानेन्द्रले बहिनी शोभाको हातबाट लगाए तिहारको टीका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पूर्वराजा ज्ञानेन्द्रले बहिनी शोभाको हातबाट लगाए तिहारको टीका

काठमाडौं, २३ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीको हातबाट तिहारको टीका लगाएका छन् । पूर्वराजा शाहले विहान ९ बजेर ५१ मिनेट जाँदा बहिनी शाहीको हातबाट तिहारको टीका लगाएका हुन् ।

पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिने टीकाको बेग्लै साइतमा टीका लगाएका हुन् । तिहारको टीका लगाउनका लागि ज्ञानेन्द्र बहिनी शोभाको कमलादीस्थित निवास पुगेका थिए ।

टिका लगाइसकेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वराजा शाहले चाडपर्वले देशमा शान्ति र एक आपसमा भाइचाराको सदभाव रहिरहोस भन्ने अभिव्यक्ति दिएका छन् ।

नेपाल पञ्चाङ निर्णायक समितिले टिकाको साइत विहान ११ः५५ बजेको लागि तोकेको भएपनि पूर्वराजा शाहले ९ः५१ को साइतमा टिका लगाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);