गुरुङ समुदायले ल्होछार र किराँत समुदायले उधौंली पर्व मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गुरुङ समुदायले ल्होछार र किराँत समुदायले उधौंली पर्व मनाउँदै

काठमाडौ. १५ पुष । आज गुरुङ समुदायले ल्होछार र किराँत समुदायले उधौंली पर्व मनाउँदै,बिभिन्न चाडपर्वबाटराष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने राष्ट्रपति भण्डारीको विश्वास । आज गुरुङ समुदायले ल्होसार पर्व मनाउँदैछन ।बिगतका हर्षाेल्लासका साथ मनाइने यो पर्व यसपटक भने कोरोना भाइरसका कारण प्रभावित भएको छ । सबैले घरमै बसेर यो पर्व मनाउँदैछन ।

त्यसैगरी किरात समुदायले पनि उधनैली पर्व मनाउदैछन । नेवारी समुदायले पनि योमरी पुन्हि मनाउँदैछन । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौली र गुरुङ समुदायको महान् चाड तमु ल्होसारका उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गर्नुभएको हो ।

चाडपर्वले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिने जनाउँदै उहाँले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

साथै उहाँले कोरोना महामारीका कारण उत्पन्न असहज परिस्थितिमा पूर्वसावधानीका उपाय अवलम्बन गरी चाड मनाउन सबैमा आह्वान गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);