मुलुकमा नरसंहार मच्चाउने गम्भिर षड्यन्त्र भईरहेको प्रचण्डको दाबी | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

काठमाण्डौँ, २ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुक अतिवादको चपेटामा परेको दावी गर्नु भएको छ ।

 

अध्यक्ष दाहालले तराई, पहाड र हिमालका जनताबीच भिडन्त गराएर मुलुकमा नरसंहार मच्चाउने गम्भिर षड्यन्त्र भईरहेको आरोप पनि लगाए । शुक्रबार काठमाडौंमा आयोजित पार्टीको युवा संगठन वाईसियलको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले मुलुकमा राष्ट्रियतालाई कमजोर पार्न प्रतिक्रियावादी शक्तिहरु लागि परेको दाबी गर्दै त्यसलाई परास्त गर्न पनि पार्टीका युवा कार्यकर्ताहलाई निर्देशन दिए । उनले तराई, पहाड र हिमाललाई जोड्ने राष्ट्रवादको पक्षमा अभियाननै संचालन गर्न पनि पार्टीका युवा कार्यकर्ताहरुलाई सचेत गराए ।

 

अध्यक्ष दाहालले समाजवादतर्फ उन्मुख राज्य बनाउने संविधानको परिकल्पनालाई साकार पार्न पनि युवाहरुलाई अपिल गरे । उनले एउटा फौज नै निर्माण गरेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन वाईसियल लाग्नुपर्ने बेला आएको पनि स्पष्ट पारे । अध्यक्ष दाहालले युवाहरुले उत्पादनको अभियाननै संचालन नगरे समाजवाद उन्मुख राज्य निर्माण गर्ने परिकल्पना साकार पार्न नसकिने पनि स्पष्ट पारे ।

 

अध्यक्ष दाहालले परिवर्तनलाई निष्तेज पार्न प्रतिक्रियावादी शक्तिहरु लागि परेको उल्लेख गर्दै उनीहरुलाई परास्त गर्न पनि युवाहरु अग्रसर हुनुपर्नेमा पनि जोड दिए ।