तेस्रो चरणको निर्वाचनमा पहिलो शक्ति बन्ने प्रचण्डको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

तेस्रो चरणको निर्वाचनमा पहिलो शक्ति बन्ने प्रचण्डको दाबी

काठमाडौं, ७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।

 

अध्यक्ष दाहालले मधेशमा आफनो पार्टीको पक्षमा जनलहर सृजना भएकाले पहिलो पार्टी बन्ने बताए। पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनलाई बुधबार काठमाडौंमा उदघाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

 

उनले मधेशका जनताले आफ्नो पार्टीलाई असल मित्रको रुपमा लिएको उल्लेख गर्दै प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा आफनो पार्टी पहिलो शक्ति बन्ने जिकिर गरे । उनले अर्को हप्ता मधेश केन्द्रित राजनीतिक दलका हजारौं कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गर्ने खुलासा गरे ।

 

अध्यक्ष दाहालले राष्ट्रलाई एकतावद्ध बनाउन पार्टीका युवा, विद्यार्थी नेताहरुलाई आह्वान गरे । उनले प्रतिगमनकारी र प्रतिक्रियावादीहरु विरुद्ध प्रतिवाद गर्न पनि पार्टीका युवा, विद्यार्थीहरुलाई निर्देशन दिए । अध्यक्ष दाहालले राष्ट्रलाई नयाँ जीवन दिन युवा, विद्यार्थीहरुले संकल्पका साथ अघि बढ्ने बेला आएको बताए ।

 

अध्यक्ष दाहालले युवा, विद्यार्थी संगठनहरु लक्ष्य विहिन बन्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले मुलुकलाई समृद्ध बनाउने योजना ल्याउन पनि युवा, विद्यार्थीहरुलाई आग्रह गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);