माओवादी पहिलो हुन नसक्ने भन्दै अध्यक्ष प्रचण्डले खुलाए कारण | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८३, शुक्रबार

माओवादी पहिलो हुन नसक्ने भन्दै अध्यक्ष प्रचण्डले खुलाए कारण

Prachandaaa

हेटौँडा। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू माओवादीको एकता र संगठन बलियो बनाउन लागेको बताएका छन् ।

पार्टी बलियो भएसँगै आगामी निर्वाचनमा माओवादी तेस्रो पार्टी बन्ने तर, संसद् र प्रदेशको चुनावमा आफ्नो पार्टीको हैसियत ‘कसैले हेप्न नसक्ने’ र सरकार राज्य सञ्चालनमा निर्णायक रहने उनले दाबी गरेका छन् ।

हेटौंडामा शुक्रबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो पार्टी एक नम्बर नै हुनपर्ने हो तर तुरुन्तै पहिलो हुने स्थिति नरहेको बताए । यद्यपी उनले भने – ‘स्थानीय चुनावको भन्दा माथि जान्छौँ र कसैले हेप्न नसक्ने शक्तिशाली तेस्रो हुन्छौँ ।’

माओवादी कमजोर हुनुमा आफूहरुकै दोष रहेको बताउँदै शक्ति केन्द्रहरुले माओवादीलाई शक्तिशाली भएको हेर्न नचाहेको बताउँदै पार्टी कमजोर हुनुमा जनतामा नजानु मुख्य कारण भएको स्पष्ट पारे ।