माओवादी छाडेर गएका नेता कार्यकर्ता मूल पार्टीमा नआए सबै सिद्धिन्छन् : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

माओवादी छाडेर गएका नेता कार्यकर्ता मूल पार्टीमा नआए सबै सिद्धिन्छन् : प्रचण्ड

काठमाडौं, ४ भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी छोडेर गएका नेता-कार्यकर्ता मूल पार्टीमा नआए सबै सिद्दिने बताएका छन् ।

 

नयाँ शक्ति छाडेर नेकपा माओवादी केन्द्र प्रवेश गरेका रामचन्द्र झा र राम कुमार शर्मालाई पार्टीमा प्रवेश गराउने क्रममा मन्तव्य राख्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

 

शुभकामना मन्तब्यमा अध्यक्ष प्रचण्डले बाबुराम भट्टराई, मोहन बैद्य किरण र नेत्रबिक्रम चन्द पुनः पार्टीमा नफर्के सिद्दिने खतरा रहेको बताए ।

 

माओवादी केन्द्रमा रहेकै बेला बाबुराम भट्टराईले पार्टी फुटाउँदा प्रमुख रणनैतिक भूमिका बहन गरेका झा र शर्मा पुन: पार्टीमा फर्के पछि अध्यक्ष प्रचण्डले बाबुराम भट्टराई पनि फर्कने विश्वाश व्यक्त गरेका छन् ।

 

राजनैतिक विज्ञानले विचार र सिद्दान्त मिल्ने सबै ध्रुविकृत हुनु अनिवार्य भएकोले इतिहासको नियमले समेत भटराई, किरण र चन्द ढिलो चाडो माओवादी केन्द्रमा प्रवेश गर्ने उनले बताए ।

 

कार्यक्रमका खुशी मुद्रामा देखिएका अध्यक्ष प्रचण्डले मधेश बुझेका झा र शर्माको पार्टी प्रवेशले माओवादी केन्द्रको मधेश जग बलियो बनेको बताए ।

 

स्थानीय तहको निर्वाचनमा पार्टीबाट उठ्ने उम्मेदवारको टिकट वितरणमा सबैलाई समेट्न सकेमा प्रदेश न. दुईमा माओवादी केन्द्र पहिलो पार्टी हुन सक्ने उनले ठोकुवा गरे ।

 

आज पार्टी प्रवेश गरेका रामचन्द्र झाले मधेशी जनताको अधिकार रक्षा गर्न निरन्तर लड्न माओवादी केन्द्र भित्र अनुकुल वातावरण भएकाले पार्टी प्रवेश गर्नु परेको धारणा राखे ।  माओवादी केन्द्रमा प्रवेश गर्ने झा माओवादी केन्द्रमा दोश्रो पटक प्रवेश गरेका हुन् भने शर्मा तेस्रो पटक पार्टी प्रवेश गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);