२ नम्बर प्रदेशमा पहिलो पार्टी बन्न प्रचण्डको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सर्लाही, १४ भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले हिमाल, पहाड र तराईलाई जोड्ने क्रममा १३ हजार माओवादीले दिएको बलिदानलाई खेर जान नदिने बताएका छन् ।

 

२ नम्बर प्रदेशमा असोज २ गते हुन लागेको तेस्रो चरणको चुनावी कार्यक्रमलाई सम्बोधन गर्न बुधबार अध्यक्ष प्रचण्ड सर्लाही आएका छन् । चुनावी कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो जनाएका हुन् ।


उक्त कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहकोे चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गरे ।

माओवादी पार्टी बलियो भएमात्र सम्पुर्ण मधेशी, पहाडी, हिमाली, जनजाती, आदिबासी, मुस्लिम, अल्पसंख्यकको अधिकार सुनिश्चित हुने उनले बताए ।

 

अध्यक्ष प्रचण्डलाई चक्रघट्ट गाउँपालिका माओवादी कार्यकर्ताले १ सय ५१ किलो फुलको माला लगाई दिएर स्वागत गरेका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);