सरकार फेर्ने अभियान कर्णालीबाट थालें : दाहाल | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सरकार फेर्ने अभियान कर्णालीबाट थालें : दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू सरकार फेर्ने महाअभियानमा लागिरहेको बताएका छन् । सरकार फेर्ने महाअभियान कर्णाली प्रदेशबाट थालेको प्रचण्डको भनाइ छ ।

शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले भने – ‘प्रदेश सरकार मात्रै होइन, संघीय सरकार परिवर्तनको तीव्र तयारी पनि भइरहेको छ ।’ कार्यक्रम सकिनासाथ सरकार हटाउने प्रक्रियाको बैठकमा सामेल हुन जान लागेको उद्घोष गर्दै प्रचण्डले भने –‘हामी सरकार गठन र पुर्नगठनको ठूलो प्रक्रियामा छौं ।’

कर्णालीमा आफूले तिकडम गरेर आफ्नो पार्टी नेतृत्वको सरकार टिकाएको प्रचण्डले बताए । उनले भने – ‘तपाईहरूले पनि देख्नुभयो कर्णाली त भइसक्यो, अब गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार हटाउने आवश्यक तयारी भइरहेको छ ।’

पार्टी एकताको विचार र भावनालाई प्रभावकारी बनाएर समाजवादको लक्ष्यमा लाग्दा ठूलो षड्यन्त्र भएको बताउँदै प्रचण्डले भने – ‘पार्टीलाई एक बनाउने प्रयास गरेकै कारण म विरुद्ध षडयन्त्र भयो, तर कुनैपनि शक्तिको आगाडि म निरिह भइनँ ।’

प्रतिगमनविरुद्ध सबैसँग मिलेर विजय प्राप्त गरेको दाबी गर्दै प्रचण्डले भने –‘केपी ओलीको निरंकुशतालाई हामीले परास्त गरेकै हो, अलिकति मात्रै नैतिकता भए ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपथ्र्यो ।’

ओलीलाई आफूहरुले पार्टी सदस्यताबाट हटाएको कुरा वैधानिक भएपनि निर्वाचन आयोगले त्यसलाई अस्वीकार गर्नु विडम्बना भएको उनले बताए । प्रधानमन्त्री सेटिङमा चलेको गम्भीर आरोप पनि प्रचण्डले लगाए ।

अहिले पनि आफू वाम एकताको पक्षमा रहेको प्रचण्डको भनाइ छ । तर पहिला आफ्नै पार्टीलाई बलियो नबनाएसम्म एकताले अर्थ नराख्ने पाठ सिकिएको पनि प्रचण्डले बताए । माओवादीप्रति जनताको भरोसा टुटे –नटुटेको चेक गर्न आफू जिल्ला दौडाहामा हिँडेको पनि उनले बताए । जनतामा अहिले पनि माओवादीप्रतिको आकर्षण नघटेको उनले बताए । तर आफूहरु बिग्रिएकाले मात्र केही समस्या आएको बताउँदै प्रचण्डले भने – ‘हामीमाथिका र बीचका अलिकति बिग्रिएका छौँ ।’

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);