सबै राजनीतिक दलहरुसँग तालमेल गर्न माओवादी तयार : टोपबहादुर | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सबै राजनीतिक दलहरुसँग तालमेल गर्न माओवादी तयार : टोपबहादुर

काठमाडौं, १५ भदौ । नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी सबै राजनीतिक दलसँग तालमेल गर्न तयार गरेको जनाएका छन् ।

 

बिहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपनेता रायमाझीले यस्तो बताएका हुन् । उनले २ नम्बर प्रदेशको निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दावी गरेका छन् ।

 

मधेश केन्द्रित सबै राजनीतिक दलहरुलाई निर्वाचनमा सहभागी गराउन निर्णायक र नेतृत्वदायी भूमिका आफ्नो पार्टीले खेलेकाले मधेशका जनता आफनो पार्टीको पक्षमा रहेको उनको दाबी छ । संविधान निर्माण र कार्यान्वयनमा पनि मधेशको मुद्दालाई सम्बोधन गराउन आफनो पार्टीले सक्दो प्रयास गरिरहेको उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);