प्रदेश नं २ मा काँग्रेसले सबै उम्मेदवारको नाम टुंगो लगायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

प्रदेश नं २ मा काँग्रेसले सबै उम्मेदवारको नाम टुंगो लगायो

काठमाडौँ, १५ भदौ । नेपाली काँग्रेसले प्रदेश नम्बर दुईमा सबै उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश नम्बर २ मा १३६ स्थानीय तह कायम गरिएको छ । कांग्रेसले १३६ वटै स्थानीय तहमा तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको जनाएको छ।

 

प्रदेश नम्बर दुईका सवै उम्मेदवारको नाम टुंगो लगाइए पनि नाम भने सार्वजनिक गरिएको छैन । भोलि मात्र सवै उम्मेदवारको नाम सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

 

प्रदेश नं २ मा आठ जिल्ला कायम गरिएको छ । स्थानीय तह निर्वाचनका लागि २ हजार १६६ मतदान स्थल निर्धारण गरिएको छ जहाँ १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका कायम गरिएको छ ।

 

निर्वाचनबाट प्रमुख एवं अध्यक्ष १३६, उपप्रमुख एवं उपाध्यक्ष १३६, वडाध्यक्ष एक हजार २७१, वडा सदस्य पाँच हजार ८४ सहित कूल ६ हजार ६२७ जनप्रतिनिधि चयन हुने छन् । तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाताले मतदान गर्ने  छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);