कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगायो

nepali congress flag

काठमाडौं, १९ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीबाट उम्मेदवार छानेको छ । पार्टी केन्द्रीय समितिले दिएको जिम्मेवारीअनुसार शनिबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।

बाँकी २ उम्मेदवारको नाम शनिबार साँझसम्म टुंगो लाग्ने कांग्रेसले जनाएको छ । रिक्त १८ पदमध्ये कांग्रेसले प्रदेश नम्बर २ मा समाजवादी पार्टीसँग तालमेल गर्दै दुई पद छाडेको छ ।

कांग्रेसले प्रदेश नम्बर १ बाट निरबहादुर विश्वकर्मा, मीना पुलामी र राजेन्द्र घिमिरे प्रदेश नम्बर २ बाट नगिना यादव र भोला पन्जियार, प्रदेश नम्बर ३ बाट हरिशरण श्रेष्ठ र छलीकुमारी शर्मा उपाध्यायलाई उमेद्वार बनाएको छ ।

यसैगरी गण्डकी प्रदेशबाट सूर्यप्रसाद रेग्मी, विमला गौचन, प्रदेश नम्बर ५बाट बालकृष्ण पाण्डे, गिरिजा न्यौपाने र मेराज हलवाई तथा सुदूरपश्चिम प्रदेशबाट प्रताप ठगुन्ना र तुलसी देवकोटालाई राष्ट्रिय सभाको निर्वाचनका लागि उमेद्वार बनाएको छ । माघ ९ गते राष्ट्रियसभा सदस्य निर्वाचन हँुदैछ । आइतबार मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);