कांग्रेसले चार प्रदेशबाट राष्ट्रिय सभाका लागि उम्मेदवार छान्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कांग्रेसले चार प्रदेशबाट राष्ट्रिय सभाका लागि उम्मेदवार छान्यो

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसले सातमध्ये चार प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छानेको छ । कांग्रेसका पदाधिकारी तथा वरिष्ठ नेताहरुको बालुवाटारमा बसेको बैठकले प्रदेश नम्बर ४, ५, ६ र ७ बाट उम्मेदवार टुंगो लगाएको हो ।

कांग्रेसले पदेश नम्बर–४ बाट खुल्लातर्फ सुरेन्द्रराज पाण्डे, महिलाबाट बृन्दा राना मगर, दलितबाट जीतबहादुर नेपाली, अपांग कोटाबाट प्रकाश पन्तलाई उम्मेदवार चयन गरेको छ ।

यस्तै प्रदेश नम्वर–५ बाट खुल्लातर्फ दुर्गाप्रसाद उपाध्याय, महिलाबाट अनिता देवकोटा, दलिततर्फ मैकुलाल बाल्मीकि तथा अल्पसंख्यक तथा अपांगबाट लुटबहादुर खत्रीलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।

प्रदेश नम्वर–६ बाट खुल्लातर्फ विष्णुबहादुर शाही, महिलाबाट सूर्यदेवी मल्ल, दलितबाट सिताराम विश्वकर्मा र अल्पसंख्यक तथा अपांगबाट गोपालप्रसाद शर्मालाई उम्मेदवार बनाइएको छ ।

प्रदेश नम्बर ७ बाट खुल्लातर्फ बद्री पाण्डे, महिलामा तारादेवी भट्ट, दलितमा शेरी राम पार्की र अल्पसंख्यक तथा अपांग कोटामा छत्रराज जोशीलाई उम्मेदवार बनाइएको छ । बाँकी तीन प्रदेशबाट उम्मेदवार टुंगो लगाउन बालुवाटारमा बैठक बसिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);