कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनौंट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनौंट

congress office

काठमाडौं, १० माघ । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनौंट गरेको छ । कांग्रेसका पदाधिकारी तथा वरिष्ठ नेताहरुको बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभाका उम्मेदवारहरुको टुंगो लगाएको हो । प्रदेश नम्बर दुईमा भने नेपाली कांग्रेस र मधेसी गठबन्धनबीच तालमेल हुने भएको छ । राष्ट्रिय जनता पार्टी नेपाल , संघीय समाजवादी फोरम नेपाल र कांग्रेसबीच दुई–दुई सिट बाँड्ने सहमति भएको छ ।

कांग्रेसले प्रदेश नम्बर एकको दलित कोटामा विन विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ । प्रदेश नम्बर ३ मा दलिट कोटाबाट हरिशरण नेपाली र अल्पसंख्यक तथा अपांगता कोटामा मदनकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । प्रदेश नम्बर ४ बाट खुल्लामा सुरेन्द्रराज पाण्डे , महिलामा बृन्दा रानामगर, दलितमा जीतबहादुर नेपाली र अपांगता कोटामा प्रकाश पन्तको उम्मेदवारी टुंगो लागेको छ ।

प्रदेश नम्बर ५ को खुल्लामा दुर्गाप्रसाद उपाध्याय, महिलामा अनिता देवकोटा, दलितमा मैकुलाल बाल्मीकी र अपांगता कोटामा लुटबहादुर खत्री उम्मेदवार बन्ने भएका छन् । प्रदेश नम्बर ६ को खुल्ला तर्फ विष्णुबहादुर शाह, महिला तर्फ सूर्यदेवी मल्ल, दलित तर्फ सिताराम विक र अपांगता कोटाबाट गोपालप्रसाद शर्मा उम्मेदवार बन्ने भएका छन् । प्रदेश नम्बर ७ को खुलामा बद्री पाण्डे, महिलामा तारादेवी भट्ट, दलितमा शेरीराम पार्की र अपांगता कोटामा छत्रराज जोशीले उम्मेदवारी दिने भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);