मार्क्सले भनेर त भएन यहाँ केपी–प्रचण्डले घोषणा गरेर हुन्छ?: राम कार्की (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

मार्क्सले भनेर त भएन यहाँ केपी–प्रचण्डले घोषणा गरेर हुन्छ?: राम कार्की (भिडियो सहित)

नेकपा एमाले र नेकपा माओबादी केन्द्र पार्टी एकता गर्ने भनेर लागि रहेका छन् । पार्टी एकता कहिले हुन्छ भनेर सोधिने एक मात्र प्रश्न रहेको छ र यी दुइ पार्टीले दिने जवाफ तयारी हालतमा रहेको छ । पार्टी एकताको सन्दर्भमा यस्तो चर्चा चलिरहदा , ६ नो. प्रदेशको सन्दर्भलाई लिएर एमालेले माओबादीलाई त्यसको मुख्य मन्त्री दिन नसक्ने भनेर जवाफ फर्काइदिएपछि, यी दुइ पार्टी बीचको सम्बन्ध कस्तो खालको छ भनेर ठुलो प्रश्न तेस्रीएको छ। यो प्रश्नको उत्तर माओबादी केन्द्रले कसरी दिन्छ, प्रतिक्षाको विषय बनेको छ । तर पार्टी एकताको सन्दर्भमा अबको मूल प्रस्न भनेको सैदान्तिक, सांगठानिक र सरकार निर्माण सम्मको बनेको छ ।

६ नो. प्रदेश को लफडा के हो? पार्टी एकता कुन चरणमा छ र दुइ पार्टीको सम्बन्ध कति सुमधुर छ? यसै सन्दर्भमा आधारीत रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रकाश गिरीले माओबादी केन्द्रका नेता राम कार्कीसँग गरेको संवाद हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);