शहीदहरुको सम्झनामा बुधवारदेखी शहीद सप्ताह सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

शहीदहरुको सम्झनामा बुधवारदेखी शहीद सप्ताह सुरु

sahid saptaha

काठमाडौं,१० माघ । मुलुकको परिवर्तनका लागि जीवनको बलिदानी गरेका शहीदहरुको सम्झनामा बुधवारदेखी शहीद सप्ताह सुरु भएको छ । तर शहीदहरुले मुलुकका लागि जुन उदेश्यले आफनो जीवन आहुती दिएका थिए त्यस अनुसार काम भने हुन सकेको छैन ।

मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा प्रत्येक वर्ष माघ १० गतेदेखी १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ । बिक्रम सम्बत १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र प्राप्तीका लागि टेकुको पचलीमा जीवन बलिदानी दिएका थिए । तत्कालीन जहानिया राणा शासकले शास्त्रीलाई काठमाण्डौको पचलीमा रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।

त्यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो । तर अहीले जसलाइ पनि शहीदको पंतिमा उभ्याइएपछि बास्तबिक शहीदहरुको अवमूल्यन भएको सर्बसाधारणको भनाइ छ ।

देशको लागि प्राण आहुती गरेर परिवर्तनका लागि योगदान पुरयाएका शहीदहरुको भावना अनुसार मुलुक अघि बढ्न नसक्नु र तीनका नेताहरुले शहीदले पहिल्याएको मार्ग बिपरित जाँदा देशमा अस्थिरता बढदैगएको सर्बसाधारणको प्रतिक्रिया छ ।

नेपालमा राणा शाुनकाल देखि हाल सम्म अनगिन्ती शहिदहरु भएपनि ति सहिदहरुले देखाएको बाटोमा मुलुक नहिडदा थरि थरिका बेथिती बेहर्नुपर्ने अवश्था पैदा भएको छ । संबिधानले निर्दिस्ट गरेका लक्ष्य र शहिदहरुले देखाएको पथमा देशलाइ अगाडी बढाउन सके मात्र देश जनता र शहिदको आकान्छन पुरा हुने बिश्वास गर्न सकिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);