विद्यार्थी संगठनद्वारा जमिन मिचेको दाबीसहितको अध्ययन प्रतिवेदन सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

विद्यार्थी संगठनद्वारा जमिन मिचेको दाबीसहितको अध्ययन प्रतिवेदन सार्वजनिक

sima

काठमाडौं, १० माघ । एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनले पर्साको छपकैयामा भारतले ५० विगाहा भन्दा बढी जमिन मिचेको दाबीसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् ।

अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा वीरगंजको छपकैयामा भारतले ५० विगाहाभन्दा बढि जमिन मिचेको दाबी गरिएको छ । स्थलगत अध्ययनका लागि अनेस्ववियूका अध्यक्ष नविना लामा र अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोली वीरगंज गएको थियो । तथ्यहरुले भारतले वीरगंजको छपकैयामा जमिन मिचेको पुष्टि भएको अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष तामाङले दाबी गरे ।

यता, सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतसँग पटक–पटक सिमा विवाद उत्पन्न हुनुमा सरकार नै जिम्मेवार रहेको बताएका छन ।
सीमाविद् श्रेष्ठले वीरगंजमा नेपाल–भारतबीच पटक–पटक सीमा विवाद हुने गरेको उल्लेख गर्दै त्यसलाई समाधान गर्न सरकार आफै तयार नभएको स्पष्ट पारे । उनले १५ वर्ष अघि पनि वीरगंजको सार्कीटोल र इन्रुवामा भारतसँग सीमा विवाद हुँदा त्यसलाई समाधान गर्न सरकार लागि नपरेको पनि स्मरण गराए । नापी विभागमा पूर्व महानिर्देशक समेत रहेका उनले बुधबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालको भूमि भारतले मिच्दै आएको स्विकार गरेर अघि बढनुको विकल्प नरहेको तर्क पनि गरे ।

सीमाविद् श्रेष्ठले नेपाल–भारतबीचको सीमा विवाद समाधान गर्न ८ हजार ५ सय ५३ वटा सिमा खम्बा स्थापना तत्काल गर्नुपर्ने सुझाव पनि दिए ।उनले कतिपय सीमा स्तम्भ लोप नै भईसकेका कारण पनि नेपाल–भारतबीच सिमा विवाद हुने गरेको स्पष्ट पारे ।

सीमाविद् श्रेष्ठले नेपालले आफ्नो भूमिकाको रक्षा गर्न चुक्ने गरेको पनि बताए । उनले नेपालका गरिव किसानलाई भारतीय सीमा सुरक्षा बलले पेलेरै पनि नेपाली भूमि मिचिएको स्मरण । सीमाविद् श्रेष्ठले वीरगंजको छपकैयामा भारतले सीमा मिचेको हो, होइन भन्ने प्रमाण जुटाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);