शहीदहरुको सम्झनामा शुक्रबारदेखि शहीद सप्ताह सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

शहीदहरुको सम्झनामा शुक्रबारदेखि शहीद सप्ताह सुरु

sahid saptaha

काठमाडौं, १० माघ । जहानियाँ राणा शासन विरुद्ध लडेर बलिदान दिएका शहीदको सम्झनामा आजबाट शहीद सप्ताह सुरु भएको छ । काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।

शुक्रबार पहिलो दिन टेकुको पचलीमा शहिद शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गरी शहीद सप्ताहको सुरुवात भएको छ । नागरिक स्वतन्त्रताको माग गर्दा विक्रम संवत् १९९७ माघ १० गते राति १२ बजे काठमाडौंको टेकु पचलीस्थित खरिको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याइएको थियो ।

त्यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा तत्कालीन राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए ।

देशका लागि जीवन बलिदान गर्ने शहीदहरुप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । शहीद दिवसका अवसरमा यी चार अमर शहीद तथा विभिन्न कालखण्डमा देशका लगि ज्यानको आहुति दिने सबै शहीदको सम्झना गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);