दार्चुलाको धौलीगाड खोलाको पुल निर्माण कार्य ठप्प | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दार्चुलाको धौलीगाड खोलाको पुल निर्माण कार्य ठप्प

दार्चुला, ९ माघ । मुआब्जा विवादका कारण महाकाली राजमार्ग अन्तर्गतको दार्चुलाको धौलीगाड खोलाको मोटरपुल निर्माण कार्य ठप्प भएको छ ।

महाकाली राजमार्ग अन्तर्गत महाकाली नगरपालिका–५ धौलीगाड खोला पुल ठेक्का सम्झौता भएको ५ वर्ष विति सक्दा समेत जग्गा मुआब्जा विवादका कारण निर्माण कार्यले गती लिएको छैन ।

महाकाली नदीमा आएको बिनासकारी बाढी अघि नै पुल निर्माण स्थलको जग्गाको दर ३८ लाख ५० हजार प्रतिरोपनी रहेको तर बाढी पछी मुआब्जा निर्धारण समितिले ५० प्रतिशतले घटाएपछि विवाद उब्जीएको हो ।

जग्गाको मुल्याङ्कन उचित नभएको भन्दै स्थानीयले सर्वोच्च अदालतमा रिट दिएका थिए । सर्बोच्चले जग्गाको उचीत मुल्यांकन गर्न लिएको आदेशअनुसार हुनु पर्र्ने स्थानीयको माग छ ।

स्थानीय सरकार समेत जग्गाको पुनर्मुल्यांकन गर्नु पर्ने पक्षमा छ । नगर क्षेत्र भित्रको जग्गाको रेटमा रहेको विविधता हटाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको महाकाली नगरपालिकाको भनाई छ ।

सदरमुकाम जोड्ने सडक भएका कारण जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालय अवरोध हटाउने तयारीमा लागेका छन् । सर्वोच्च अदालतको आदेश अनुसार आवश्यक छलफल गरी छिट्टै विवाद समाधान गर्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाको तयारी छ ।

स्थानिय आवस्यकतालाई ध्यान दिएर सुरु गरिएको पुल निर्माणमा ढिलाई हुँदा स्थानिय तथा सदरमुकाम ओहोर दोहोर गर्नेलाई सकस भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);