सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान तिव्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान तिव्र

बाजुरा, ९ माघ । गृह मन्त्रालयको निर्देशनपछि सुदूरपश्चिम प्रदेशमा छाउगोठहरू भत्काउने अभियानलाई तिव्र पारिएको छ । यसैक्रममा बाजुरामा पनी अहिले यो अभियान तिव्र गतीमा अघी बढाइएको छ । अभियान संचालन भएपछी यस क्षेत्रका किशोेरी तथा महिलालाई सहज भएको छ ।

बाजुरामा अहिले प्रहरी, स्थानीय जनप्रतिनिधि र स्वयं महिलाहरूको सक्रियतामा गाउँमा रहेका छाउगोठ भत्काउने अभियानले तीब्रता पाएको हो ।

छाउ अर्थात रजस्वला भएको बेला घरभन्दा अलग्गै बनाइएको छाउ गोठमा बस्नु पर्ने अन्धविश्वासका कारण कतिपय महिला तथा किशोरीहरूको स्वास्थ्यमा समस्या आएको छ, भने कतिपयले मृत्युवरण समेत गरेका छन् ।

यसैलाई ध्यान दिएर सरकारले छाउगोठ भत्काउन निर्देशन दिएपछी बाजुरा प्रशासनले ४ सय २४ वटा छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिनुभयो ।

जिल्लाको बडीमालिका नगरपालिकाका ७, ८ र ९ का प्रत्येक स्थानीयहरूको घरमा रहेका छाउगोठलाई महिलाहरूकै सहमति र सक्रियतामा भत्काउन सफल भएपछि छाउमा बस्ने महिलाहरु अहिले घरभित्रै सहज तरिकाले बस्न थालेका छन् ।

छाउगोठ भत्काएपछि अहिले महिनाबारीका बेला महिलाहरुलाई घरभित्रै राखेर दुध, दहि जस्ता आवश्यक पौष्टिक बस्तु खाना दिएको स्थानीय अभिभावकहरुको भनाई छ ।

बडीमालिका नगरपालिका भित्रका ९ मध्ये ४ वटा वडाहरु छाउगोठ मुक्त घोषणा भईसकेका छन् । बाँकी ५ वटा वडाहरु यसै वर्षभित्र छाउगोठ मुक्त घोषणा गरिने बडीमालिका नगरपालिकाले जनाएको छ ।

ताजा समाचार