राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा वाम गठबन्धनको वहुमत हासिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा वाम गठबन्धनको वहुमत हासिल

bam ghathabandan

काठमाडौं,२५ माघ । राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा वाम गठबन्धनले वहुमत हासिल गरेको छ । वाम गठबन्धनले ५६ मध्ये ३९ सिटमा जित हात पारेको छ । नेकपा एमालेले सबैभन्दा धेरै २७ सिटमा जित हात पार्दा नेपाली कांग्रेसले १३ सिटमा चित्त बुझाएको छ ।

राष्ट्रिय सभामा जम्मा पाँच दलको प्रतिनिधित्व भएकामा माओवादी केन्द्रका १२ तथा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका २\ २ उम्मेद्वार विजयी भएका छन् । प्रदेश नम्बर १ मा नेकपा एमालेका ५, नेपाली कांग्रेसका र माओवादी केन्द्रका १ उम्मेदवार विजयी भएका छन् । ६ जना यसअघि नै निर्विरोध भएकामा बुधबार भएको निर्वाचनमा एमालेका खेम नेपाली र अगमप्रसाद बान्तवा राई विजयी भएका छन । प्रदेश नम्बर २ मा आठ जनै उम्मेदवार यसअघि नै निर्विरोध भएका थिए ।

प्रदेश नम्बर ३ मा एमालेका बलराम प्रसाद बाँस्कोटा, दिलकुमारी रावल, उदया पौडेल शर्मा, सिंहबहादुर विश्वकर्मा र रामचन्द्र राई, कांग्रेसबाट राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी तथा माओवादी केन्द्रबाट रामबहादुर थापा विजयी भएका छन । प्रदेश नम्बर ४ मा नेकपा एमालेका गणेश तिमिल्सिना, शान्ति अधिकारी र दीपा गुरुङ, माओवादी केन्द्रका दीनानाथ शर्मा र खिमकुमार विक तथा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे, बृन्दा राना मगर र प्रकाश पन्त विजयी भएका छन ।

प्रदेश नम्बर ५ मा एमालेका दुई, माओवादी केन्द्रका दुई र कांग्रेसका एक उम्मेदवार विजयी भएका छन् । एमालेका खिमलाल भट्टराई र रामलखन चमार, माओवादी केन्द्रका राजकुमार कुँवर र चन्द्र बहादुर खड्का तथा कांग्रेसका दुर्गाप्रसाद उपाध्याय विजयी भएका हुन । एमालेका दुई र कांग्रेसका एक उम्मेदवार यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । प्रदेश नम्बर ६ मा विजयी ८ जनै उम्मेदवार वाम गठबन्धनका हुन् ।

एमालेका भैरवसुन्दर श्रेष्ठ, ठगेन्द्रप्रसाद पुरी, नन्दा चपार्ई, कविता बोगटी र नरपति लुवार तथा माओवादी केन्द्रका कालिबहादुर मल्ल, युटोल लामा र जीवनबहादुर बुढा विजयी भएका हुन । प्रदेश नम्बर ७ मा एमालेका ४ तथा माओवादी केन्द्र र कांग्रेसका २\२ उम्मेदवार विजयी भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);