हंगेरीका नवनियुक्त प्रधानमन्त्री पिटर म्याग्यारको नेतृत्वमा गठित नयाँ सरकारले मंगलवार राजधानी बुडापेस्टस्थित संसदमा पद तथा गोपनीयताको शपथ लिएको छ । यसअघि मंगलवार नै राष्ट्रपति तामस सुल्योकले नयाँ सरकारका मन्त्रीहरूलाई औपचारिक रूपमा नियुक्त गर्नुभएको थियो । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री म्याग्यारले आफ्नो प्रशासनको मुख्य प्राथमिकता जनविश्वास पुनस्र्थापना, सुशासनमा सुधार र हंगेरीको अन्तर्राष्ट्रिय सम्बन्धलाई पुनः सुदृढ बनाउनु रहेको उल्लेख गर्नुभयो । राज्यका संस्थाहरूप्रति सर्वसाधारणको भरोसा जागृत गराउन सरकारले स्पष्ट जिम्मेवारी र पारदर्शी निर्णय प्रक्रियाका आधारमा कार्य सम्पादन गर्ने उहाँले स्पष्ट पार्नुभयो । विदेश नीतिका सन्दर्भमा प्रधानमन्त्री म्याग्यारले युरोपेली संघ र नेटोभित्र राष्ट्रिय हितको रक्षा गर्दै पश्चिमा मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नयाँ मन्त्रिपरिषद् १६ सदस्यीय रहेको छ । जसमा अर्थ, स्वास्थ्य, शिक्षा तथा बालबालिका मामिला, र न्याय मन्त्रालयलाई विशेष अधिकारसहित केन्द्रीय भूमिकामा राखिएको छ । यी चार मन्त्रालयलाई मन्त्रिपरिषद्भित्र ’भिटो’ प्रयोग गर्न सक्ने अधिकार समेत दिइएको छ ।
गत अप्रिल १२ मा सम्पन्न संसदीय निर्वाचनमा म्याग्यार नेतृत्वको ‘टिसा पार्टी’ले भिक्टर ओर्बानको सत्तारुढ फिडेज–केडीएनपी गठबन्धनलाई पराजित गर्दै संसद्मा दुई–तिहाइ बहुमत हासिल गरेको थियो । म्याग्यारले गत शनिवार संसदीय मतदानमार्फत प्रधानमन्त्री चुनिएपछि शपथ लिनुभएको थियो ।
हंगेरीका नयाँ प्रधानमन्त्री पिटर म्याग्यारद्वारा पदभार ग्रहण, जनविश्वास र सुशासनमा जोड
ताजा समाचार
एकैदिन झन्डै एक हजार अफगान परिवार स्वदेश फिर्ता
२१ मिनेट अघि




