समावेशी सरकार गठन नभए अफगानिस्तानमा पुनःगृहयुद्ध चर्किने पाकिस्तानी प्रधानमन्त्री खानको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

समावेशी सरकार गठन नभए अफगानिस्तानमा पुनःगृहयुद्ध चर्किने पाकिस्तानी प्रधानमन्त्री खानको चेतावनी

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समावेशी सरकार गठन नभए अफगानिस्तानमा पुनः गृहयुद्ध चर्किने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री खानले तालवानी सरकारले सबै समूहलाई सहभागि गराउन नसकेको अवस्थामा अफगानिस्तानमा कुनैपनि बेला गृहयुद्ध हुनसक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

खानले गृहयुद्ध सुरु भएमा अफगानिस्तान अस्थिर र अस्तव्यस्त हुने भन्दै चिन्ता व्यक्त समेत गर्नुभएको छ । तालिबान नेतृत्वले केही शर्तहरु पूरा गरेपछि मात्रै पाकिस्तानले अफगान सत्तालाई मान्यता दिने समेत खान स्पष्ट गरेका छन् । समावेशी सरकार गठन, मानव अधिकार तथा महिला अधिकारको सम्मान गरे मात्रै नयाँ सत्तालाई पाकिस्तानले मान्यता दिने खानको भनाइ छ ।

खानले पाकिस्तानको सुरक्षामाथि खतरा निम्त्याउन सक्ने आतंकवादीका लागि अफगानिस्तान आश्रयस्थल बन्न नहुने तर्फ पनि तालिबान सजग हुनु पर्ने उल्लेख गर्नुभयो । त्यस्तै, खानले अफगानी महिला एवं बालिकालाई शिक्षा हासिल गर्नबाट रोक्ने कार्य गैर–इस्लामिक भएको टिप्पणी गरे ।

खानले महिला , बालिकाहरु सहशिक्षाका लागि चाँडै नै विद्यालय जान सक्ने अवस्था सिर्जना हुनेमा विश्वास पनि व्यक्त गर्नुभयो । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युयोर्क पुगेका पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले समेत समावेशी सरकार गठन, मानव अधिकार र महिला अधिकारप्रति नयाँ तालिबान सत्ता संवेदनशील हुनुपर्ने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);