आतंकवाद विरोधी युद्धमा पाकिस्तान सहभागी हुनु गम्भीर भूलः इमरान खान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आतंकवाद विरोधी युद्धमा पाकिस्तान सहभागी हुनु गम्भीर भूलः इमरान खान

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा आतंकवाद विरोधी २० वर्ष लामो अमेरिकी युद्धमा पाकिस्तान सहभागी हुनु गम्भीर भूल भएको बताएका छन् । सर्वसाधारणको हितभन्दा पनि ‘डलर’का लागि देश युद्धमा होमिएको उनले बताए ।

राजधानी इस्लामाबादमा विदेश मन्त्रालयका अधिकारीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले भने, ‘अमेरिकी युद्धमा पाकिस्तान संलग्न हुनुकाे कारण मलाई राम्राेसँग थाहा छ । तर, आमपाकिस्तानीलाई यसबारे कुनै जानाकारी दिइएन, ’ उनले भने । 

सन् २००१ मा तत्कालिन सेना प्रमुख जनरल पर्भेज मुसरफले आतंकवादविरुद्धको अमेरिकी युद्धमा पाकिस्तानले पनि सहयोग गर्ने घोषणा गरेको थिए । एक प्रसंगमा प्रधानमन्त्री खानले पाकिस्तानले अफगानिस्तानलाई निरन्तर सहयोग गर्ने बताए । खानले यसअघि पाकिस्तान पिुपल्स पार्टी (पीपीपी) र पूर्वप्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाजको विरोध गरेका थिए । 

पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खानले पाकिस्तान मुस्लिम लिग–नवाज र पीपीपीको आलोचना गर्दै ती पार्टी नभएर केबल परिवारको विरासत मात्र भएको आरोप लगाएका थिए । ती पार्टीका नेताहरुले भ्रष्टाचारको प्रबद्धन गरेको र देशलाई तहस नहस गरेको उनले आरोप लगाएका थिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);