भारतमा ओमिक्रोनः नयाँ दिल्लीमा क्रिसमस र नयाँ वर्षका कार्यक्रममा प्रतिबन्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भारतमा ओमिक्रोनः नयाँ दिल्लीमा क्रिसमस र नयाँ वर्षका कार्यक्रममा प्रतिबन्ध

एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र अग्रेजी नयाँ वर्षमा हुने कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । दिल्लीको विपद् व्यवस्थापन निकायले दुबै पर्वमा हुने जमघटमा रोक लगाएको हो । नयाँ वर्षअघि नै संक्रमण फैलिने क्षेत्र पहिचान गर्न पनि सो निकायले डिस्ट्रिक म्याजिस्ट्रेटलाई निर्देशन दिएको छ ।

त्यस्तै, दिल्लीमा कुनै पनि प्रकारका सामाजिक, मनोरन्जन, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न पनि रोक लगाइएको छ । भारतमा ओमिक्रोन संक्रमित दिनहुँ बढेका छन् । बुधबारसम्म २१३ जनामा संक्रमण भएको छ । 

यसैबीच देशमा कोभिड संक्रमण र नयाँ भेरियन्टको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहीबार वैठक डाकेका छन् । विज्ञहरुले भारतमा कोभिडको तेस्रो लहर आउने चेतावनी दिइरहेका बेला प्रधानमन्त्रीले वैठक आयोजना गर्न लागेका हुन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);