कोभिडका बिरामी बढेपछि चीनको सियान सहरमा लकडाउन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोभिडका बिरामी बढेपछि चीनको सियान सहरमा लकडाउन

एजेन्सी । कोभिड संक्रमण फेरि बढेपछि चीनको उत्तरी सहर सियानमा लकडाउन घोषणा गरिएको छ । सियानको जनसंख्या १ करोड ३० लाख छ । हिउँदे ओलम्पिकको पूर्वसन्ध्यामा महामारी नियन्त्रण गर्न सरकारले उच्च सर्तकता अप्नाएको छ ।

सियानमा बुधबार ५२ जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । योसँगै सो सहरमा कोभिडबाट संक्रमित हुनेको संख्या १४३ पुगेको छ । बिहीबार रातिदेखि हरेक दुई दिनमा प्रत्येक घरको एक जना सदस्य मात्र आवश्यक सामाग्री किन्न पसल जान पाउनेछन् । आकस्मिक अवस्थामा बाहेक कोही व्यक्ति पनि सहर छोड्न र घरबाहिर निस्कन पाउने छैनन् । लकडाउनका कारण सो सहरतर्फ उड्ने ८५ प्रतिशत उडान स्थगित भएका छन् । सरकारले सियानका सबै नागरिकको कोभिड परीक्षण गर्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);