फगानिस्तानमा उत्पादित अफिम विश्वका ८७ प्रतिशत मानिसले प्रयोग गर्छनः राष्ट्रसंघ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

फगानिस्तानमा उत्पादित अफिम विश्वका ८७ प्रतिशत मानिसले प्रयोग गर्छनः राष्ट्रसंघ

एजेन्सी । अफिम खेती र यसको उत्पादन लामो समयदेखि अफगानिस्ताको इतिहाससँग जोडिएको छ । अफगानिस्तानका अधिकांश क्षेत्रमा अफिम उत्पादन हुन्छ । सन् २०२१ को अन्त्यसम्ममा विश्वमा उत्पादन हुने कूल अफिम र हेरोइनमध्ये ९० प्रतिशत उत्पादन अफगानिस्तानमा हुने र उत्पादित ९० प्रतिशत अफिम युरोपेली मुलुकमा निर्यात हुने गरेको राष्ट्रसंघको एक प्रतिवेदनमा उल्लेख छ ।

ल्याटिन अमेरिकी देशमा कोका खेतीका लागि छुट्टाइएको क्षेत्रभन्दा अफगानिस्तानमा गरिने अफिमका लागि छुट्टाइएको क्षेत्र धेरै छ । सन् २००१ देखि नै अफगानिस्तान गैरकानुनी ढंगले विश्वमै धेरै अफिम उत्पादन गर्ने देश बनेको छ । 

काबुल कब्जा गर्नुअघि सरकारी फौजसँग लडेका तालिवान लडाकुले देशको अफिम उत्पादन हुने क्षेत्रलाई आफ्नाे आधार बनाएका थिए । तालिवान लडाकुले अफिमलगायतका लागू पदार्थको ओसार पसार गर्दथे । अघिल्लो सिजनमा मात्र अफगानिस्ताले ६८ हजार टन अफिम उत्पादन गरेको थियो । 

राष्ट्रसंघको लागू औषध तथा अपराध कार्यलयका अनुसार अफगानिस्तानले सन् २०२० देखि अफिम उत्पादनमा ८ प्रतिशतले बृद्धि गरेको छ । अफगानिस्तानमा उत्पादित अफिम विश्वका ८० प्रतिशत प्रयोगकर्ताले उपयोग गर्छन् ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);