दिल्लीमा एकै दिन कोभिड संक्रमणबाट ५३४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०७९, मंगलबार

दिल्लीमा एकै दिन कोभिड संक्रमणबाट ५३४ जनाको मृत्यु

एजेन्सी । भारतमा कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँगै देशमा संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ । संक्रमण बढेपछि विभिन्न राज्यमा कर्फ्यूलगायतका प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका छन् ।

कोभिडका कारण भारतभर पछिल्लो २४ घन्टामा ५३४ जनाको मृत्यु भएको छ । 

भारतमा दुई हजार १३५ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रका छन् । महाराष्ट्रमा ६५३ जनामा नयाँ भेरियन्ट देखिएको छ । महाराष्ट्रपछि दिल्लीमा नयाा भेरियन्टका संक्रमित बढेका छन् । बुधबारसम्म दिल्लीमा ४६४ जनामा ओमिक्रोन देखिएको छ ।

Leave a Reply