भारतमा झन् तीव्र फैलियो कोभिड, एकै दिन ९० हजार संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारतमा झन् तीव्र फैलियो कोभिड, एकै दिन ९० हजार संक्रमित

एजेन्सी । भारतमा कोभिड संक्रमण झनै तीव्र फैलिएकाे छ । पछिल्लो २४ घन्टामा ९० हजार ९२८ जनामा संक्रमण देखिएको छ । बुधबार ५८ हजारमा संक्रमण देखिएको थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै भारतमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको छ ।

भारतमा अहिलेसम्म २६३० जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । तीमध्ये सबैभन्दा बढी महाराष्ट्रमा देखिएका छन् । भारतका २६ राज्यहरुमा ओमिक्रोन फैलिएको छ । ओमिक्रोनका कारण राजस्थानमा एक ७३ वर्षीय बृद्धको मृत्यु भएको छ । उनले पूर्ण खोप लगाएका थिए । 

विज्ञहरुका अनुसार भारतमा दैनिक संक्रमण दर ६ दशमलव ४३ प्रतिशत छ । त्यस्तै, निको हुने दर पनि बढ्दो छ । पछिल्लो २४ घन्टामा १९ हजार २०६ जना संक्रमणमुक्त भएका छन् ।मुम्बईमा दैनिक संक्रमितको संख्या अहिलेसम्मकै धेरै देखिएकाे छ । मुम्बईमा बुधबार १५ हजारमा संक्रमण देखिएको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);