तालिवान सरकारद्धारा राष्ट्रसंघको महासभामा आफ्नो राजदुतले सम्बोधन गर्न पाउनुपर्ने माग | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

तालिवान सरकारद्धारा राष्ट्रसंघको महासभामा आफ्नो राजदुतले सम्बोधन गर्न पाउनुपर्ने माग

एजेन्सी । अफगानिस्तानको तालिवान सरकारले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न पाउनुपर्ने माग गरेको छ । राष्ट्रसंघका लागि हालै नियुक्त गरिएका अफगान राजदूत सुहैल शाहीनलाई महासभामा सम्बोधन गर्न दिन अपील गर्दै तालीवान सरकारका बिदेश मन्त्री आमिर खानले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई पत्र लेखेका छन् ।

अफगानिस्तानको सत्तामा तालिवान आएपछि राष्ट्रसंघका तत्कालिन राजदुत गुलाम एम इसाकजाईलाई हटाएर शाहिनलाई नियुक्त गरिएको थियो । महासभामा सामेल भएका अमेरिका, चीन र रुसका प्रतिनिधीहरुले तालीवानको प्रस्ताव अनुसार महासभामा उनीहरुले नियुक्त गरेका राजदूतको सहभागिताको संभावना न्युन रहेको जनाएका छन् । राष्ट्रसंघले भने उनको पत्रको जवाफ दिएको छैन । उता महसभामा भने इसाकजाईको कुर्सी यथावत राखिएको छ । उनले नै सेप्टेम्बर २७ मा महासभामा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);