दशैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै,उपत्यकाका सडकमा चहल पहल बढ्दै, जनजीवन पनि सामान्य लयमा फर्किदै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ६ २०८३, शुक्रबार

दशैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै,उपत्यकाका सडकमा चहल पहल बढ्दै, जनजीवन पनि सामान्य लयमा फर्किदै

दशैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै छ ।खास गरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म नै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्परा अनुसार अस्ति विजयादशमीको दिन मात्र दुर्गा देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने गरिन्छ । कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैँ सकिन्छ । यसैबीच आफन्तकहाँ आउजाउ गर्ने, घुमफिरमा निस्कने र गाउँबाट राजधानी फर्किनेहरूको चहलपहल बढ्न थालेको छ । कतिपय सर्वसाधारण नियमित काममा फर्किन थालेका छन् । उपत्यकाका सडकमा सवारीसाधनको चाप पनि बिस्तारै बढिरहेको छ । सडकमा बढ्दो आवागमनसँगै उपत्यकाको जनजीवन पनि विस्तारै सामान्य लयमा फर्किन थालेको छ ।

Leave a Reply

ताजा समाचार