दसैँ टीकाको दोस्रो दिन, टीका लगाउने क्रम जारी | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

दसैँ टीकाको दोस्रो दिन, टीका लगाउने क्रम जारी

dashain tika

काठमाडौँ, २२ असोज।  विजयादशमीकाे शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । दसैँको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ ।

आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हाे ।

जुठो, सुतक वा अन्य विशेष कारणले टिका नलाउने बाहेकले आफ्ना मान्यजनको हातको टीका थाप्नै पर्ने मान्यता अनुसार नेपालको पूर्वी तथा मध्य भागमा कोजाग्रत पूर्णिमा सम्मै टिका लगाए पनि पश्चिम नेपालमा दशमीको दिन एकै दिनमा टिका लगाइ सक्ने र एकादशीदेखि टिका लगाउन नजाने प्रचलन पनि रहेको छ ।

दसैँको टीका सुरु भएसँगे बजारमा चहलपहल पनि केही बढेको छ ।

ताजा समाचार