बडादशैँको टीका आज पनि जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

बडादशैँको टीका आज पनि जारी

dashain tika

काठमाडौं, ४ कात्तिक । आज विजयादशमीको तेश्रो दिन पनि मान्यजनहरुबाट टीका जमरा र आशिर्वाद लिने क्रम जारी छ ।

विजयादशमीका दिनदेखि सुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने गर्दछ । देशका केही भागमा भने टीकाको दिन मात्र टीका लगाउने चलन पनि छ । असत्यमाथि सत्य र आसुरी शाक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसैं मनाइँदै आएको छ ।घटस्थापनादेखि नौ दिनसम्म घरमा दुर्गाभवानीको पुजाआराधाना गरी राखिएको जमरा सहितको टीका वियजादशमीदेखि लगाउने चलन छ ।

आज पनि बिहानैदेखि टीका लगाउन आफन्तकहाँ जाने क्रम जारी रहेको कारण राजधानीमा गाडीको चहपहल बढ्दै गएको छ । यता, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारण र शुभेच्छुकलाई टीका लगाइदिन भ्याइनभ्याई छ । शनिबार बालुवाटारमा एचआइभी संक्रमित बालबालिकासँगै अन्य सर्वसाधारण टीका लगाउन पुगेका थिए । पार्टीका कार्यकर्ताहरु तथा सर्वसाधारण टीका ग्रहण गर्न प्रधानमन्त्री निवास बालुवाटार जाने क्रम जारी नै रहेको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले कोजाग्रत पूर्णिमासम्म नै सर्वसाधारण, शुभेच्छुक र कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);