बडादशैंको टीकाको आज चौथो दिन, आर्शीवाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बडादशैंको टीकाको आज चौथो दिन, आर्शीवाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी

dashin tika

काठमाडौं, २४ असोज । बडादशैंको टीकाको चौथो दिन शुक्रबार पनि मान्यजनबाट जमरा र आर्शीवाद ग्रहण गर्दै टीका लगाउनेक्रम जारी छ । टाढा–टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जानेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्मै जारी रहन्छ ।

घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्नेक्रम जारी छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);