युवती अपहरण गरेको आरोपमा तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

युवती अपहरण गरेको आरोपमा तीन जना पक्राउ

सिरहा, २३ असोज । युवती अपहरणमा संलग्न रहेको भन्दै प्रहरीले सिरहामा तीन जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिकाको मुसहर्नियाबाट अपहरण गरिएको युवतीलाई प्रहरीले सकुशल उद्धार गर्दै घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले अपहरणमा संलग्न भन्दै सिरहा नगरपालिका ९ का २४ बर्षीय रामप्रकाश गोईत, ३६ बर्षीय गणेश कुमार यादव र वडा नम्बर ८ का २२ बर्षीय नथुनी भन्ने चतुरानन्द यादवलाई पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेटको बीआर ३२ पीए ४२६२ नम्बरको स्कारपियो गाडीमा मुसर्नियाबाट अपहरण गरिएको ती युवतीलाई प्रहरीले सिरहा नगरपालिका ९ गुलरीया चोकवाट सकुशल उद्धार गरेको प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदीले बताउनु भयो।

चेकजाँचको क्रममा प्रहरीले ८ राउण्ड गोली र ३ सय पिस नाइट्राभेट १० नामक लागूऔषध पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त अपहरणमा संलग्न अन्य दुई जनाको खोजी जारी रहेको भन्दै प्रहरी उपरीक्षक चतुर्वेदीले युवतीलाई गाडीमा जवरजस्ती करणी गर्न खोजिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);