शिक्षक अपहरणमा संलग्न विप्लवको आठ जना कार्यकर्ता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

शिक्षक अपहरणमा संलग्न विप्लवको आठ जना कार्यकर्ता पक्राउ

सिन्धुली,१५ भदाै । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शिक्षक अपहरणमा संलग्न आठ जनालाई पक्राउ गरिएको हो ।

शनिवार विहान तीनपाटन गाउँपालिका–८ तिल्पुङ्गडाँडास्थित भिमसेन आधारभुत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई उनिहरुले विद्यालयबाटै अपरहरण गरेका थिए ।

शिक्षकलाई अपहरण गरी भाग्ने क्रममा विप्लवका कार्यकर्तालाई घेरा हाली पक्राउ गरिएको र सोमबार राती जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।पक्राउ परेका मध्ये सात जना पुरुषलाई फिक्कल गाँउपालिका–१ महादेवडाँडाबाट र एक जना महिलालाई तिनपाटन गाँउपालिका–८ लायोगाउँबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका विप्लवका कार्यकर्ताबाट पाँच थान सुतली बम, दुई वटा सकेट बम र आठ थान बम बनाउन प्रयोग गरिने सकेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं प्रहरी नायव उपरिक्षक श्यामबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका व्यक्तिलाई सोधपुछ गर्ने कार्य भईरहेको छ । कसैलले पनि आफ्नो वास्तविक नाम र ठेगाना भन्न नमानी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार विस्तृत विवरण अनुसन्धानपछि मात्रै खुल्ने छ ।पक्राउ परेका विप्लवका कार्यकर्ताले शनिबार बिहान विद्यार्थीलाई छात्रवृति वितरण गर्दै गरेको अवस्थामा शिक्षकलाई अपहरण गरी लिएर हिडेका थिए । स्थानीय र प्रहरीको खोजतलास पछि शिक्षक भण्डारी भने लायोगाँउबाटै सकुशल मुक्त हुनु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);