कोटेश्वर-जडिबुटी सडक विस्तारको काम सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोटेश्वर-जडिबुटी सडक विस्तारको काम सुरु

काठमाडौं , १५ भदौ । काठमाडौं उपत्यकामै सबैभन्दा बढी जान हुने कोटेश्वर-जडिबुटी सडक खण्ड ८ लेनमा विस्तार गर्ने काम सुरु भएको छ । सडक आठ लेनमा विस्तार भएपछि पीक आवरमा घण्टौसम्म जाममा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछन । दक्षिण तिर दुई लेन र उत्तर तिर दुई लेन थप गर्दै सडक फराकिलो बनाउने काम सुरु भएको हो । २ लेन पेप्सीकोला र २ लेन ललितपुर जाने सवारी पासका लागि प्रयोग हुने र बिचका ४ लेन सिधै कोटेश्वर-जडिबुटी हुँदै भक्तपुरतर्फ जाने गरी निर्माण गर्न लागिएको हो ।

सबैभन्दा बढी जाम हुने क्षेत्रमा विस्तारपछि यातायात सहज हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्वाङले बताउनुभयो । पूर्ण रुपमा जाम नियन्त्रण गर्न नसकिएपनि २५/३० प्रतिशत जाम कम गर्न सकिने उहाँले बताउनुभयो । सडक विभाग अन्तरगत काठमाडौं डिभिजनबाट सडक विस्तारको काम सुरु भएको हो । ४/६ महिनाभित्र सम्पन्न हुने गरी काम सुरु भएको उल्लेख गर्दै उहाँले जडिबुटी क्षेत्र आसपासमा रहेका नीजि क्षेत्रमा बनेका घरलाई मुआब्जाको व्यवस्था गरिने बताउनुभयो ।

सार्वजनिक यातायातमा जिपिएस जडान र इ-टिकेटिङ सिस्टम लागु गर्ने गरी नीति तर्जुमा भइरहेको उहाँले बताउनुभयो । सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख कुबेर नेपालीले सतप्रतिशत जाम कम गर्न नसकिएपनि करिब ४० प्रतिशत जाम सडक निर्माणपछि हुने दावी गर्नुभयो । भक्तपुर पेप्सीकोलाबाट बालकुमारी तर्फ जाने र कोटेश्वरबाट उत्तरतर्फ जाने डेडिकेटेड लाइन हुने भएपछि जाममा बस्नुपर्ने अवस्था नहुने उहाँले बताउनुभयो । सडक विस्तारको काम सुरु भइसकेको छ ।

परिस्थिति सहज भए कम्तिमा ६ महिनामा निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको हो । करिब १२ करोड लागतमा सडक विस्तार हुनेछ । यो साता नै टेण्डर खुला गरिने डिभिजन कार्यालयले जनाएको छ । उत्तरतर्फ लेन विस्तारका लागि विमानस्थलको जग्गा प्रयोग गरिएको छ । जाइकाको सहयोगमा सुरुङमार्ग निर्माणका लागि कार्ययोजना बनिरहेपनि तत्कालको समस्या समाधानका लागि लेन विस्तारको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);