कोटेश्वर–जडीबुटी सडकमा लेन सम्बन्धी नयाँ नियम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कोटेश्वर–जडीबुटी सडकमा लेन सम्बन्धी नयाँ नियम

koteshwor road

काठमाडौं, १४ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर–जडीबुटीमा हुने सवारी चापलाई मध्यनजर गर्दै आजबाट लेन सम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चापको व्यवस्थापनका लागि यस सडक खण्डमा लेन सम्बन्धी नयाँ नियम लागू गर्न लागिएको हो ।

ट्राफिक महाशाखाका अनुसार विस्तारै हिँड्ने टिपर, ट्रक, बसलगायत ठूला मोटरलाई बायाँ लेनमा चलाउनुपर्ने छ । छिटो गुड्ने मोटरसाइकल, कारलगायत सवारी भने दायाँ लेनमा गुडाउनु पर्नेछ । कोटेश्वर–जडीबुटी सडकमा धेरै समयसम्म सवारी जाम परेपछि यो नियम ल्याइएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);