देशभर आंशिकदेखि पूर्ण बदली, मेघगर्जनसहित वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

देशभर आंशिकदेखि पूर्ण बदली, मेघगर्जनसहित वर्षाको सम्भावना

mausam anuman

काठमाडौं, १४ फागुन । पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले बदलीसँगै केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । उक्त वायुको प्रभाव भोलिबाट विस्तारै कम हुँदै जानेछ । काठमाडौं उपत्यकामा आज दिउँसो मौसम खुले पनि साँझपख वर्षा हुने बताइएको छ ।

अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

भोलि देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार देशको पहाडी भेगमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);