केही स्थानमा वर्षाको सम्भावना कायमै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

केही स्थानमा वर्षाको सम्भावना कायमै

काठमाडौं, २० चैत । आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ । बिहीबारसम्म देशमा पश्चिमी वायुको प्रभाव कायमै रहेको थियो ।

अहिले देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यातया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका केही स्थानमा अपरान्हपछि मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपरान्हपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);