Our Network

वैशाख २४ २०७८, शुक्रबार

पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं, १७ चैत । मंगलबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply