आज कुन–कुन क्षेत्रमा वर्षाको सम्भावना ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज कुन–कुन क्षेत्रमा वर्षाको सम्भावना ?

काठमाडौं, १६ चैत । सोमबार देशका अधिकांस क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भईरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ ।

अहिले देशको पश्चिमी पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली अवस्था रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो भने प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही, बाँकी भूभागहरुमा आंशिक बदली रहने छ । देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना समेत रहेको छ ।

आज राति प्रदेश १ लगायत देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);