काडमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांस भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ ।
अपरान्ह पछि देशको पश्चिमी भूभागमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको प्रभाव रहने देखिन्छ ।
अहिले देशको उच्च पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।
देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा अपरान्ह पछि मेघगर्जन,चट्याङ, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति देशका सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरुमा अपरान्हतिर मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
देशको पहाडी भूभागका थोरै स्थानहरुमा साँझपख मेघगर्जन, चट्याङ,हावाहुरीसहित वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।