केही पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना कायमै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

केही पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना कायमै

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकाँस स्थानमा मौसम बदली रहने छ ।

हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव कायमै रहेको छ ।

अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);