अधिवेशनबाट निर्वाचित पदाधिकारीको पद कसैले खोसेर नखोसिने नेता नेपालको दाबी | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

अधिवेशनबाट निर्वाचित पदाधिकारीको पद कसैले खोसेर नखोसिने नेता नेपालको दाबी

काभ्रे। नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई धक्का दिएको बताएका छन् ।

काभ्रेको बनेपामा शनिबार साँझ ओयोजित नेकपा एमाले काभ्रेको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पत्रकार महासंघको निर्वाचन र कर्णाली प्रदेशको फ्लोर क्रस केपी ओलीको परिणाम भएको आरोप लगाएका छन् ।

नेता नेपालले नेकपा एमालेको गत अधिवेशनबाट निर्वाचित १५ जना पदाधिकारीमध्ये उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष भीम रावल, उपमहासचिव, सचिवहरू लगायत १० जना आफ्नो समूहमा रहेको, स्थायी कमिटि र पोलिटव्युरोमा समेत आफ्नो समूह बहुमतमा रहेकाले ओली अल्पमतमा पर्ने भएकाले छलकपटपूर्ण तरिकाले अघि बढेको बताए ।

नेता नेपालले पार्टी विधि विधानबाट चल्नुपर्ने बताउँदै सर्वोच्चको फैसला अनुरुप २०७५ जेठ २ गतेको पार्टीनै आधिकारिक एमाले भएको बताए ।

उनले एमाले विधि विधानमा चल्ने पार्टी भएकाले अधिवेशनबाट निर्वाचित पदाधिकारीको पद कसैले खोसेर नखोसिने दाबीसमेत गरे ।

Leave a Reply