कर्णाली र गण्डकीमा चट्याङसहित वर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

कर्णाली र गण्डकीमा चट्याङसहित वर्षा हुने

काठमाडौं, १४ वैशाख । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी क्षेत्रका बाँकी भूभागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली क्षेत्र लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कर्णाली र गण्डकी क्षेत्रका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी क्षेत्रका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply