अपराह्णपछि केही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अपराह्णपछि केही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

mausam anuman

काठमाडौं, १५ चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

अहिले देशको पहाडी भूभागहरुमा आंशिक बदली अवस्था रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । अपराह्ण पश्चात देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भूभागहरुमा आंशिक बदली रही अपराह्ण पश्चात पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);