वायुमण्डलमा तत्काल सुधार नआउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

वायुमण्डलमा तत्काल सुधार नआउने

काठमाडौं, १४ चैत । प्रदुषित बनेको काठमाडौं उपत्यकाको वायुमण्डल अझै केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालका अधिकांश जिल्लाहरूमा डढेलो लागिरहेको र सोबाट सिर्जित प्रदूषणको कणहरु वायुमण्डलमा नै जम्मा भएकोले धेरै जसो स्थानहरुमा मुख्यतया उपत्यकाहरूमा प्रदूषण बढ्न गई पारदर्शिता पनि घटेको महाशाखाले जनाएको छ ।

हाल नेपालको धेरै जसो स्थानहरुको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कणहरु छरिन पाउंदैन र वायुमण्डलमा नै तैरिरहने हुन्छ । जसले गर्दा हाल स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको महाशाखाले बताएको छ ।

यसबाट हुने प्रदूषणको कारण स्वास्थ्यमा आखाँ पोल्ने तथा श्वासप्रश्वासमा समस्या हुने गर्दछ । यसबाट बच्न आवश्यक कार्य बाहेक घर बाहिर ननिस्किन र निस्किनु परेमा मास्क लगाउन र आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);