देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने

काठमाडौं, २९ फागुन । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण शनिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली सहित केही स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति गण्डकी, बागमती प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । त्यसैगरी गण्डकी, बागमती प्रदेश र प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);