स्थानीयसँगै पश्चिमी वायुको प्रभावमा मौसम बदली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

स्थानीयसँगै पश्चिमी वायुको प्रभावमा मौसम बदली

weather

काठमाडौं, ७ चैत। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभावका कारण शनिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने छ । अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो प्रदेश नं.१, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै प्रदेश २ का एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै महाशाखाका अनुसार राति प्रदेश १ को पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी आज दिनभर तथा आगामी २ दिन देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);